सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिमी हुन्छाै जहाँ जहाँ प्रदर्शनमा

२०७५ असार ११, ०७:२९

देशभरका ७५ सिनेमा हलबाट ‘तिमी हुन्छौ जहाँ जहाँ’ प्रदर्शनमा आएको छ । यो चलचित्र एक्लै प्रदर्शनमा आउन लागेको निर्माता मदन दवाडीले बताए ।
अहिलेका पुस्तालाई लक्षित गरेर निर्माण गरिएकाले तिमी हुन्छौ जहाँ जहाँले दर्शकको मन जित्ने भनाइ मदनको छ । यो चलचित्रलाई मदनसँगै डालचन्द्र दवाडी, प्रकाश बाँस्कोटा र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् ।
यो चलचित्रलाई विकास बस्यालले निर्देशन गरेका हुन् । विकासका अनुसार चलचित्र तिमी हुन्छौ जहाँ जहाँ प्रेमकथामा आधारित छ । त्रिकोणात्मक प्रेमकथा भनिए पनि यसमा आदर्श प्रेम प्रस्तुत गरिएको उनले बताए ।
यो चलचित्रमा मनीषसुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरूपपुरुष ढकाल, रवि गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेतलगायतको अभिनय छ । यो चलचित्रमा वर्षा शिवाकोटी अतिथि भूमिकामा छिन् ।
तिमी हुन्छौ जहाँ जहाँलाई रामशरण उप्रेतीको छायांकन गरेका हुन् । कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ । यो साता बुटबल, नारायणघाट, हेटौंडा, विराटनगर, इटहरी, धरानलगायतका सहरमा विभिन्न कार्यक्रमसहित मोफसल यात्रा गरेको यो चलचित्रको शीर्ष गीत यतिबेला चर्चामा छ ।

कमेन्ट लोड गर्नुस