अञ्जु पन्तको ‘एक्लै छु म’ सार्वजनिक(भिडियोसहित)
लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ। प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो।
देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ गरिएको छ। उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ।