म जहाँ पुग्छु, त्यहीबाट सुरु गर्छु
मेरो कथा: श्रृंखला ०१
डोटीको शिखर नगरपालिकामा रहेको लाटामाण्डौका २७ वर्षिय युवा तोयनाथ भट्टसंग गीत गाउनका लागि गला छ, कला छ अनि नेपाली सााङगितिक क्षेत्रमा लामो समयसम्म नाम र दाम कमाउन सक्ने क्षमता पनि छ । तर अहिलेसम्म उनको क्षमता धनगढी र आसपासका क्षेत्रमा हुने साहित्यिक कार्यक्रममै सिमित बनेको छ । उनको गायन क्षमताको बारेमा जान्नेहरु पनि धनगढी र आसपासकै क्षेत्रमा केही साहित्यप्रेमी छन् । अहिले सुदूरमै संघर्ष जारी रहेपनि भविष्यमा जहाँ पुगिन्छ त्यहिबाट आफ्नो जिवनलाई सार्थक बनाउने योजना भट्टको छ ।