सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘म राम्री हुन थालेको १६ वर्ष भयो’

२०७५ असार १३, ०७:२२

ब्यूटिसियन मीना न्यौपानेले सञ्चालनमा ल्याएको 'सेरोमनी ब्यूटी पार्लर' ले आफ्नो १६ औँ बार्षिकोत्सव मनाएको छ ।  १६ वर्ष पुगेको अवसरमा केक काटेर खुसीयाली मनाएको छ ।  
पार्लरको बार्षिकोत्सव कार्यक्रममा हाँस्यकलाकार तथा निर्देशक दीपाश्री निरौला, पूर्वमिस नेपाल उषा खड्गी, नायिका तथा संचारकर्मी कृति भट्टराई, गायक तथा कलाकार यमन श्रेष्ठ लगायत उपस्थित थिए । संयूक्त रुपमा केक काट्दै दीपाश्रीले आफूले उद्घाटन गरेको पार्लरको प्रगति देखेर खुसी भएको बताइन् । 
 उनी भन्छिन्, 'म राम्री देखिन थालेको १६ वर्ष भएछ जबदेखि सेरोमनी ब्युटी पार्लर खुल्यो । यो हामी सबैको पार्लर हो । भोलीका दिनमा पनि यसको प्रगतिको कामना गर्छु ।' उनी निर्देशित नयाँ फिल्म 'छक्का पञ्जा ३' दशैंको फूलपातीबाट प्रदर्शनमा आउँदैछ । 
 यस्तै, पूर्वमिस नेपाल खड्गीले सञ्चालिका मीनासहित 'सेरोमनी ब्युटी पार्लर' को टिमलाई बधाई दिँदै भविष्यमा यसको गुणात्मक प्रभावको कामना गरिन् । पार्लरकी सञ्चालिका मीना न्यौपाने ग्राहकलाई सहुलियत सेवा प्रदान गर्न कहिले पछाडि नहट्ने बताउँछिन् । 
 उनी 'ललित व्यूटिसियन बहुउद्देश्यीय सहकारी संस्था' की अध्यक्ष समेत हुन् । यस संस्थाले सौन्दर्य पेशामा सम्मिलित नारीहरुलाई सामुहिक बचत गर्नतर्फ जागरुक गराउने र व्यवसाय प्रवद्र्धनमा आर्थिक सहयोग पुर्‍याइ महिलाहरुलाई सक्षम तथा आत्मनिर्भरतर्फ अभिप्रेरित गराउँदै आएको छ ।

कमेन्ट लोड गर्नुस