सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलिसालाई उपाधि

२०७५ असार १३, ०७:२९

 यस वर्षका एसईईका छात्राहरूबीच राजधानीमा सम्पन्न ‘मिस टिन एसईई–२०१८’ प्रतियोगिताको शीर्ष उपाधि सन्ध्या सिग्देलले जितेकी छन् । स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित सो प्रतियोगितामा एलिसा लामिछाने फस्ट रनरअप, जेसिका भण्डारी सेकेन्ड रनरअप, ईशा कार्की थर्ड रनरअप घोषित भएका छन् । प्रतियोगिता आयोजक पूजा निरौलाले एसईईका विद्यार्थीको व्यक्तित्व र आत्मविश्वास वृद्विका लागि प्रतियोगिता आयोजना गरिएको बताइन् । बालकृष्ण पोखरेल संयोजक रहेको यो प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेका हुन् ।
प्रतियोगितामा मिस क्याटवाक निमालाह्मु शेर्पा, ललिता वली बेस्ट हेयर, रानिका खनाल मोस्ट पे्रmन्डली, यजु तामाङ मोस्ट डिसिप्लिन, उच्चता मगर बेस्ट डान्सर, सारिका खड्का ब्युटी विथ पर्पस, रक्षा न्यौपाने भ्युअर्स च्वाइस, रोशनी थिङ तामाङ बेस्ट स्माइल, स्नेहा न्यौपाने बेस्ट फिजिक घोषित भए ।

कमेन्ट लोड गर्नुस