सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रियंकाको बानीले निर्माता हैरानमा

२०७५ असार १४, ०९:१०

चर्चित मोडल तथा अभिनेत्री प्रियंका कार्की सामाजिक मिडिया क्रेजी छिन् । उनका फेसबुक तथा इन्स्टाग्राम प्रोफाइल नियाल्ने हो भने दिनहुँ अनेकौं तस्वीर अपलोड भएको पाइन्छ । सेलिब्रेटी भएपछि आफ्ना गतिविधि सामाजिक मिडियामा सार्वजनिक गर्नु सामान्य कुरा नै हो ।
यद्यपि प्रियंकाको यो बानीले निर्माताहरूलाई भने हैरान बनाएको छ । अधिकांश निर्माता–निर्देशक छायांकनको क्रममा रहेका बेला आफ्ना चलचित्रका तस्बिर सकेसम्म सार्वजनिक गर्न रुचाउँदैनन्।
तस्बिरसँगै सम्बन्धित कलाकारको पहिरन, गेटअप आदि बाहिरने डर उनीहरूलाई हुन्छ । अभिनेत्री कार्की भने त्यसको ठीक विपरीत छिन् । उनी चलचित्रको सेटबाटै तस्बिर अपलोड गर्न हिच्किचाउँदिनन् ।
फ्लोरमै रहेको आफ्नो चलचित्रको तस्बिर बाहिरन थालेपछि निर्माता–निर्देशकहरूले प्रियंकासमक्ष नौलो सर्त राख्न थालेको बताइन्छ । मौखिकरूपमै राखिएको उक्त सर्तको बेहोरा यस्तो छ– ‘छायांकनकै क्रममा चलचित्रको गेटअपमा तस्बिर अपलोड गर्न नपाइने ।’ घण्टैपिच्छे तस्बिर अपलोड गर्न रुचाउने प्रियंकाले यो सर्त पालना गर्ने हुन् कि होइनन्, समयले नै बताउला ।

कमेन्ट लोड गर्नुस