पोष्टरमा उमेश र कविताको प्रेम
यही असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको ‘बोबी’ उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्मित फिल्म हो । यी दुईको प्रेममा आएका उतारचढावलाई फिल्ममा जस्ताको त्यस्तै देखाइएको निर्माण टिमको दाबी छ ।
उमेश र कविता स्वयमको अभिनय रहेको यसका निर्देशक मिलन चाम्स हुन् । लिलिबिली, ब्लाइन्ड रक्स, वीर विक्रमजस्ता फिल्म निर्देशन गरिसकेका उनी यो फिल्म आफ्नो लागि महत्वपूर्ण रहेको बताउँछन् ।
‘बोबी’ को प्रदर्शन मिति संघारमा आउँदै गर्दा निर्माण टिमले प्रचार(प्रसारलाई तिव्रता दिन सुरु गरेको छ । गीतसंगीत र ट्रेलरले फिल्मको हाइप उच्च हुँदै गर्दा शुक्रवार उमेश र कविता फिचर्ड केही रोमान्टिक पोष्टरहरु सार्वजनिक भएका छन् ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराईरगिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटारताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
यसमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ ।