पहिलो गित ‘लुकाउन खोज्दा पनि’ बाटै चर्चित बनेका पेला दाजुभाई
सुदुरबाट पहिलो पटक शास्त्रीय सङ्गीतमा उदाएको जोडी
झण्डै २ दशक अगाडी सम्म सुदुरपश्चिमको कलाकारले आधुनिक गित गाउँछु भन्दा साङगितिक क्षेत्रका धेरै हस्तीहरुले समेत मजाकको विषय बनाउथे । सुदुरपश्चिममा उदाएका कलाकारहरुले देउडा गित बाहेक अन्य गितमा छाप छोड्न सक्दैनन भन्ने मानसिकता पनि थियो ।
सोही बेला २०५४ सालमा बैतडीबाट भारतको बाटो हुँदै आधुनिक गित रेकर्ड गराउनका लागी राजधानी पुगेको दाईभाईको एउटा साङगितिक जोडीलाई पनि धेरैले सुदुरपश्चिमको कलाकारले पनि आधुनिक गित गाउन सक्छ र ? भनेर हाँसोको विषय बनाए । तर साधना, चिन्तन र अनुशासनका त्रिवेणी सङ्गीतकार तथा गायक तिलकसिह पेला र उनका दाई गितकार कृष्णसिंह पेलाले भने सुदुरपश्चिमको कलाकारले आधुनिक गित गाउन सक्दैनन भन्ने मानसिकता तोड्ने प्रण लिईसकेका थिए ।
लुकाउन खोज्दा पनि आसु नखसेको होईन बोलको गित आधुनिक सङ्गीतमा निकै चल्तीको गितको सुचिमा पर्छ । यहि गितका श्रष्टा हुन गायक तथा संगितकार तिलकसिह पेला र उनकै दाई गितकार कृष्णसिंह पेला । २०५४ सालमा निकालीएको आसु एल्वममा समेटीएको यो गितसंगै अन्य गितले पनि नेपाली आधुनिक सङ्गीतमा तरंग ल्याएको थियो ।
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, वडा नम्वर ६ मा जन्मीएका पेला दाजुभाईको नाम त्यतिबेला नै सुदुरपश्चिमबाट आधुनीक एल्वम निकाल्ने पहिलो कलाकारको सुचिमा प¥यो । काठमाडौँमा सङ्गीत विधामा ‘सङ्गीत प्रवीण’ तह र भारतको इलाहावाद स्थित प्रयाग सङ्गीत महाविद्यालयबाट सङ्गीतमा ‘आचार्य’को उपाधि प्राप्त गरेका गायक तथा सङ्गीतकार तिलकसिंह पेलालाई साङगितिक क्षेत्रमा लाग्ने जागर र जोस भने जन्मथलो बैतडीमा हुने रामलिलाबाट प्राप्त भएको हो ।
गाउँघरमा आयोजना हुने रामलिलाले गायक तथा संगितकार तिलकसिह पेलालाई शास्त्रीय संगितमा रुची बढायो भने उनका दाई कृष्णसिह पेलालाई शास्त्रीय सङ्गीतका मार्मीक शव्द लेख्ने जागर दियो । सरल जीवनशैली, मिठासपूर्ण व्यवहार अनि निरन्तर साधनााका त्रिवेणी पेला दाजुभाईले आफ्नो साङ्गीतिक जीवनको औपचारिक सुरआत ‘आँसु (भाग– १)’ नामक एल्बमबाट २०५४ सालमा गरे ।
पछि ‘आँसु’को दोस्रो भाग पनि सार्वजनिक गरे भने आफ्नो जन्मभूमिप्रति समर्पित गरेर ‘विछोडको आँसु’ नामक सङ्गीत एल्बम मातृभाषामै सार्वजनिक गरे । भगवानले पारीवारीक सम्वन्ध बनाएर धर्तीमा जन्म दियो, त्यसलाई साङगीतीक यात्रामा पनि संगै लैजाने निधो गरेको पेला दाजुभाईको भनाई छ ।
दाई कृष्णले लेखेका मार्मीक शब्दलाई संगित दिदै आफ्नै सुमधुर स्वरमा श्रोता समक्ष पस्कने काम तिलकले गर्दै आएका छन् । भनिन्छ, जीवन नै सबैभन्दा उत्तम पाठशाला हो । सायद यही सत्यताले गर्दा होला, सङ्गीतका क्षेत्रमा काम गर्दागर्दै शास्त्रीय सङ्गीतको औपचारिक तथा गहन रूपमा सैद्धान्तिक र व्यावहारिक ज्ञान आवश्यक रहेको महसुस गरेका तिलक सिह पेलाले डेढ दशक अगाडीदेखी काठमाडौमा सङ्गीत साधनामा तल्लिन रहेका छन् ।
सङ्गीत–नक्षत्र तिलकसिह पेला, काठमाडौँमा ‘श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला’ स्थापना गरी सङ्गीत शिक्षाको ज्योति छरिरेका छन भने गितकार कृष्णसिह पेला अहिले धनगढीमै जागीर गरिरहेका छन् । जस्ले गर्दा लामो समयदेखी पेला दाजुभाईले श्रोतालाई नयाँ गित दिन नसके पनि थुप्रै शास्त्रीय संगितका भविष्य बनाउने काम भने संगित पाठशाला मार्फत गरीरहेका छन् ।
आफ्नो तीन वटा एल्वमसंगै प्रख्यात गजलकार तथा गीतकारहरूका थुपै्र गीत–गजलमा सङ्गीत दिइसेका पेलाको, भविष्यमा अझै उत्कृष्ट शास्त्रीय सङ्गीत एल्बम तथा सुदूरपश्चिमेली लोक संस्कृतिका एल्बम श्रोतामाझ ल्याउने योजना रहेको छ ।