सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बेबी’मा राजेशले गाउने, कक्रोज र बलेले हँसाउने

२०७५ असार १८, ११:२४

असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बोबी’ ले आफ्नो प्रचार-प्रसारलाई तिव्रता दिएको छ । गीतसंगीत र ट्रेलरले फिल्मको हाइप उच्च हुँदै गर्दा निर्माण टिमले देशव्यापी कन्सर्ट गर्ने भएको छ ।
 बोबी लाइभ कन्सर्ट नेपाल टुरु नाम दिइएको कन्सर्ट असार १८ मा पोखराबाट सुरु भएर २६ गते भक्तपुरमा टुंगिनेछ । टुरमा चर्चित गायक राजेशपायल राई, टिभी सिरियल भद्रगोलका कलाकार कक्रोज र बले, विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र बोबीका मुख्य पात्र कविता गुरुङ उमेश थापा सहभागी हुनेछन । 
 १८ गते पोखरा सभागृह मिडटाउन, १९ गते चितवन नारायणी रिभर साइड, २० गते हेटौंडा बुद्ध चोक, २१ इटहरी इटहरी मल आइ सिनेमा, २१ गते धरान बसपार्क, २२ गते दमक गोकर्ण डिपार्टमेन्ट, २२ गते बिर्तामोड हनुमान कम्प्लेक्स हुँदै बोबी टिम काठमाडौं फिर्ने छ ।  
 

कमेन्ट लोड गर्नुस