सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमितको पहिचान नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०७७ वैशाख ३, ०४:५५ खबर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९(कोरोना भाइरस) संक्रमिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ।

बुधबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको नामसहितको विस्तृत नखोल्न आग्रह गरेका हुन्।

उनले भने, ‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको छ। बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशनरप्रसारण गर्न पाइँदैन।’ 
 

कमेन्ट लोड गर्नुस