सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाले गर्छिन् साम्राज्ञीको पैसाको डिल

२०७५ असार २१, ०८:४९

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रिल र रियल लाइफमा डेब्यु फिल्म 'ड्रिम्स' ले धेरै ठूलो छलाङ मारेको छ । उनी अहिलेकी सर्वाधिक 'डिमाण्डेड' अभिनेत्री हुन् । उनलाई लिएपछि निर्माताहरु आफ्नो लगानी सुरक्षित भएको ठान्दछन् । 
 अभिनेत्री रेखा थापापछि नायिकाको स्टारडमको 'भ्याकुम' साम्राज्ञीले पूरा गर्नसक्ने धेरैको विश्वास छ । 'ड्रिम्स' पछि 'ए मेरो हजुर २' बक्सअफिसमा चम्किएपछि उनको चर्चा जति चुलिएको छ त्यति नै पारिश्रमिकको मामलामा पनि 'टप' स्थानमा छिन् । 
 अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको फिल्म 'कायरा' मा उनले १० लाख पारिश्रमिक बुझेकी थिइन् । यसअघि यो रकम नेपालका कुनै पनि नायिकाले एक फिल्मबाट बुझ्न सकेका थिएनन् । आर्यनले साम्राज्ञीको स्टारडमलाई मध्यनजर गर्दै उक्त रकम सहजै दिए । 
 यो फिल्म बक्सअफिसमा सफल भए साम्राज्ञीले हिट फिल्ममा ह्याट्रिकसँगै पारिश्रमिक पनि थप चर्काउने पक्का छ । 'कायरा' साउन १८ गतेबाट रिलिज हुँदैछ । पहिलो पटक चकलेटी हिरो आर्यन र अहिलेकी 'हट केक' साम्राज्ञीको जोडी पर्दामा देखिन लागेका कारण यो फिल्मप्रति दर्शकको चासो अलि बढी नै छ । 
आमाले गर्छिन् साम्राज्ञीको पैसाको डिल 
 हलिउड र बलिउडको कुरा गर्ने हो भने कुनै पनि कलाकारले पारिश्रमिकको डिल आफैं गर्दैनन् । उनीहरुले त्यसका लागि एक भरपर्दो व्यक्ति 'हायर' गरेका हुन्छन् ।  तर, नेपालको सन्दर्भमा त्यस्तो छैन । नेपालमा प्रायः कलाकारले पारिश्रमिकको डिल आफैं गर्ने गर्छन् । 
 अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि के आफैं गर्छिन् पैसाको डिल ? केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा उनले यो कुराको जवाफ दिइन् । उनी भन्छिन्, 'म स्क्रिप्ट पढ्छु । राम्रो लाग्यो भने साइन गर्छु तर पैसाको डिल म गर्दिनँ ममीले गर्नुहुन्छ ।' 
 साम्राज्ञीकी आमा नेहा राज्यलक्ष्मी शाह हुन् । उनी गायिकाको रुपमा परिचित छिन् । साम्राज्ञीलाई आमा बिना निकै कम देख्न पाइन्छ । उनी जहाँ जान्छिन् त्यहाँ आमाको साथ छुट्दैनन् । धेरैले उनीहरुलाई आमा-छोरी नभएर साथी भन्ने गर्दछन् । 

कमेन्ट लोड गर्नुस