सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरानो बने असारे भाका (भिडियो रिर्पोट सहित)

२०७५ असार २१, ०६:३८

असार महिना रोपाइँको महिना, प्रदेश नम्वर ७ मा पनि किसानहरुलाई रोपाईको चटारो छ । सिँचाईको सुविधा नहुँदा अझै सम्म पनि आधा भन्दा बढि जग्गा बाँझै छ । कामको व्यस्तताका बाबजुत रोपाइँका बाउसे र रोपाहारहरू एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाई बिर्सन खोज्ने चलन भने बिरानो बन्न थालेको छ । 
असारे भाकाले थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्छ । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गुञ्जँदा बटुवाहरु समेत टक्क अडिएर सुनिरहन्छन् । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कि रमा भट्टले आफ्नो पालाको असार स्मरण गर्दै भनिन् अव त नयाँ पुस्तालाई असारे भाका बिरोनो बनिसके । 
अहिलेको पुस्ता न त्यो असार पछ्याउन चाहन्छ न त बुझ्न नै । किसानहरु रोपाइँमा जुटिसकेका छन् । तर, रोपाइँमा उहिलेको जस्तो रौनकता भेटिन्न । अहिले न हलगोरु जेत्ने हली भेटिन्छन् न त सम्याउँदै गरेका बाउसेहरु । रोपाहार र बाउसेहरुले एक–आपसमा हिलो छ्यापाछ्याप गरेको पनि देखिँदैन ।

तर धान दिवस अर्थात असार १५ को दिन भने बर्षभरी एक दिन पनि खेतमा नजानेले समेत धान रोप्दै नाटकमञ्चलको गरेको दृष्य भने थुप्रै देख्न पाईन्छ । गित गाईहाले पनि असारे गित सबै विर्सीसकेकाले चलनचल्तीका देउडा भाका गाउने प्रचलन रहेको छ । खेत जोत्न, सम्याउन र रोप्न समेत आधुनिक कृषि उपकरणको प्रयोग हुन थालेपछि रोपाइँको रौनकता असार १५ को धान दिवसमा सीमित भएको हो ।

उहिले रोपाइँमा खेतालाहरुले छतरी ओडेर असारे गीत गाउँदाको रमाइलो अहिले एकादेशको कथा बन्दै गएको छ । यद्यपी पहाडी ७ जिल्लामा भने अहिले पनि छिटपुट रुपमा असारे भाका घन्किीन्छन तर अधिकासंले वास्तवीक असरो भाका भने गाउन सकेका छैनन् । कृषिमा आधुनिकीकरण भित्रिए पनि संस्कृतिको संरक्षण र संवद्र्धनमा भने राज्य नै जुट्नुपर्ने बेला आएको छ ।

कृषि उत्पादकत्व बढाउन आधुनिक खेती प्रणाली अपनाउनुपर्छ तर त्यसो भन्दैमा आफ्नो संस्कृतिलाई भने चटक्क भुल्न नहुने सस्कृतीकर्मी डम्मवरदत्त बडुको भनाई छ । 
 

कमेन्ट लोड गर्नुस