सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘महानायिका’ नभनेकोमा रेखाको चित्तदुखाई

२०७५ असार २४, ०८:१८

संख्यात्मक हिसाबले अभिनेत्री रेखा थापाले २ सय बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । कति बक्सअफिसमा सुपरडुपर हिट भए त कति पत्तासाफ पनि । हिरोइन पनि हिरो बन्नसक्छ भन्ने ट्रेन्ड नेपाली फिल्ममा उनले नै सुरु गरेकी हुन् । 
साहसी र नम्वर वान नायिकाको ट्यागमा वर्षौदेखि लडिबुडी गरिरहेकी उनले आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा चित्तदुखाई सुनाएकी छन् । 
'रमाइलो छ' अनलाइनको प्रथम बार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकामा आफ्नो भोगाई र बुझाई सुनाउँदै उनले मिडियाले आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा दुखेसो पोखिन् । 
उनी लेख्छिन्, 'पन्ध्र वर्ष भयो 'ब्याक टू ब्याक' हिट फिल्म दिएको, त्यो पनि एक्लैको भरमा । हिरोइन पनि हिरो बन्नसक्छ भनेर देखाएँ । तर आज मलाई ‘मेघास्टार’ र ‘महानायिका’ भन्न डराउँछन् । तिनै पत्रकार १-२ हिट फिल्म दिएको भरमा नयाँलाई 'मेघास्टार' भन्न हिच्किच्याउँदैनन् । यो एकदमै गलत कुरा हो ।' 
 उनको यो गुनासो मिडियामाथि भएपनि सुपरस्टार अनमोल केसीलाई 'मेघास्टार' भनिएको प्रति थियो । सञ्चारकर्मी नरेश भट्टराई र केही प्रशंसकबाहेक अनमोललाई मिडियाले 'मेघास्टार' को ट्याग दिएको छैन । तर, उनले मिडियामाथि नै सबै दोस थोपरेकी छिन् ।

कमेन्ट लोड गर्नुस