सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको जुहार सुहाउने मुहार

२०७५ असार २७, ०७:२२

यही असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको डान्सिङ गीत सार्वजनिक भएको छ ।
 विनोद न्यौपाने र अभिनेत्री ऋचा सिंह ठकुरी फिचर गीतलाई राजेशपायल राईले गाएका छन् । 
 दयाराम पाण्डेको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । ऋचालाई सुनको जुहार सुहाउने मुहार भन्दै गीतमा विनोद तारिफ गरिरहेका छन् । 
विवाहपछि पर्दामा नदेखिएकी अभिनेत्री ठकुरीको यो कमब्याक फिल्म हो । 
कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । ऋचा र विनोदसँगै गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।  
 अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।  
कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् । 

कमेन्ट लोड गर्नुस