डडेल्धुरामा भएको परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि
२०७७ असोज ४, ११:३१
धनगढी : डडेल्धुरामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका थप १७ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले पछिल्लो २४ घण्टामा एक सय ७७ जनाको परीक्षण गर्दा बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका आठ÷आठ जना र छबिसथापाभारा गाउँपालिकाका ए जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
कमेन्ट लोड गर्नुस