गजल
२०७७ असोज २५, ०९:२७
तेज पुरुष
झन जोगाउन खोज्दा झन गुमेको छ।
तिम्रो विकासले मेरो आगन गुमेको छ।।
देशको माटो संग जोडिएको मान्छे हुँ म।
अस्तिको पहिरोमा परिवार जन गुमेको छ।।
सहि बाटोमा सरकार किन हिन्न मान्दैन्।
लाग्छ त्यस्को मानसिक सन्तुलन गुमेको छ।।
छ मैना देखि एक छाक खाएर बाँचेको छु।
आफ्नो त स्रोत गुमेको छ साधन गुमेको छ।।
कुर्सीमा बसि बलात्कार भा छैन भन्नू हुन्छ।
तपाइँ लाई के थाहा मान्छेको जीवन गुमेको छ।।
कमेन्ट लोड गर्नुस