सुदूर नेपाललाई विश्वसँग जोड्दै

रणबीर–दीपिकाको विवाहमा उपस्थित पाहुनाले फोन बोक्न नपाउने

२०७५ भदौ १, ०८:१०

 रणबीर सिंह र दीपिका पादुकोणको विवाहले बलिउड बजार तातोको छ । रिपोर्टका अनुसार यो जोडीले नोभेम्बर २० तारिखमा विवाह गर्दैछन् । 
इटालीमा आयोजना हुने विवाहमा उनीहरुका परिवारका सदस्य र निकै नजिकका साथी गरी विवाहको ३० जनाको सहभागिता हुने बताइएको छ ।
दीपिका आफ्नो विवाहलाई निकै विशेष र गोप्य राख्न चाहन्छिन् । डीएनएको रिपोर्ट अनुसार यसकारण उनले विवाहमा आउने पाहुनालाई मोबाइल र क्यामरा नल्याउनका लागि आग्रह गरेकी छिन् ।
सोनम कपुर र अनुष्का शर्माको विवाहबाट पाठ सिक्दै दीपिकाले यस्तो निर्णय लिएको बताइएको छ । पाहुनाले आफ्नो विवाहको फोटो सोसल मिडियामा पोष्ट नगरुन् भन्ने उद्देश्यले यस्तो गरिएको बताइएको छ ।
आफ्नो यस्तो कदमले विवाहबारे गोपनियता कायम रहने दीपिकाले विश्वास राखेको स्रोतले बताएको छ ।
रिपोर्टका अनुसार इटालीको ‘लेक कोमो’ मा हुने यो जोडीको फोटो उनीहरु आफैंले उपलब्ध गराउने छन् ।
दीपिकाकी निकै नजिककी साथीले दीपिकालाई इटली निकै मनपर्ने भएकाले उनले डेस्टिनेशन वेडिङको योजना बनाएको जानकारी दिइन् ।

कमेन्ट लोड गर्नुस