श्रद्धा कपुरकोे प्रेममा राजकुमार
‘मिलेगी मिलेगी तुझे भी मिलेगी’ र ‘कमरिया’ गीतपछि बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपुरको हरर कमेडी फिल्म ‘स्त्री’को तेस्रो गीत रिलिज भएको छ ।
‘नजर न लग जाए’ बोलको यो रोमान्टिक गीतमा राजकुमार राव र श्रद्धा कपुरको रोमान्सलाई दर्शकले निकै रुचाएका छन् ।
फिल्म लामो समयदेखि चर्चामा छ । हालै रिलिज भएको फिल्मको ट्रेलर पनि दर्शकले रुचाएका छन् । फिल्ममा अभिनेत्री श्रद्धाले किचकन्याको भूमिका निभाएकी छिन् ।
केही समयअघि उनको किचकन्या लुक्स सार्वजनिक गरिएको थियो । नयाँ लुक्समा उनी डरलाग्दी देखिएकी थिइन् ।
यस फिल्मको निर्देशन दिनेश विजानले गरेका छन् । फिल्म भारतको कर्नाटक राज्यमा ९० को दशकमा भएको एउटा घटनामा आधारित छ । फिल्म ३१ अगस्टमा रिलिज हुँदै छ ।