सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आयडलको अडिसनबाटै ‘भाइरल’ बनेका नरेश पातली को हुन ?

२०७५ भदौ २, ०२:१४

बझाङ बुंगल नगरपालिका वडा नम्वर ११ देउलीकोट घर भई अध्ययनका लागि धनगढी छिरेका १७ बर्षिय नरशे पातलीको चर्चा अहिले देशभरी नै भईरहेको छ । नरेश अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरेहका पात्र मध्ये एक हुन् । १० कक्षा सम्मको अध्ययन बझाङकै केदार माविमा गरेका नरेश अहिले धनगढीका सुदूरपश्मिाञ्चल एकेडेमीमा कक्षा १२ मा अध्ययनरत छन् ।

नेपाल आयडलको धनगढी अडिसन हुँदा अघिल्लो चरणका लागि छनौट हुन्छ भन्ने आशा त नरेशलाई पनि थिएन् । नेपाल आयडलको स्टेजमा गीत गाउने उनमा पनि इच्छा थियो । सोही ईच्छालाई पुरा गर्नका लागि उनले धनगढी अडिसनमा सहभागिता जनाएका हुन् । पहिलो चरणको अडिसनमा पनि उनले ‘उ जितेर गई या हारेर गई’ बोलको गीत नै गाएका थिए ।

तर नेपाल आयडलको टिमले पहिलो चरणमा उनलाई छनौट गर्दै निर्णायक समक्ष पनि गीत गाउने अवसर दिए । नरेशका अनुसार नेपाल आयडलको टिमले पहिलो चरणमा छनौट गर्नुको कारण उनको गायन कला होईन । पहिलो चरणमा देखाएको प्रस्तुतीलाई टेलीकाष्ट हुने दोश्रो चरणमा पनि निरन्तरता दिए, दर्शक तान्न सजिलो होला भनेरै नेपाल आयडलको टिमले जानी जानी नरेशलाई दोश्रो चरण्मा छनौट गरेको हो । दोश्रो चरणमा पनि नरेशले सोही गित गाए, नेपायल आयडलबाट बाहिरिए पनि तर अहिले उनी ‘भाइरल’ भइरहेका छन् । 
पहिलो पटक स्टेजमा गित गाएका उनलाई सामाजिक सञ्जालमा भईरहेको टिका टिप्पणीले चर्चित त बनाएको छ तर उनलाई त्यो टिका टिप्पणी भने धेरै मन परेको छैन् । उनले भने, मैले पनि आयडलमा छनौट हुन्छु भनेर सहभागि भएको होईन, मेरो पहिलो अनुभव थियो, तर त्यसलाई बङग्याउदै मेरो बारेमा थुप्रै टिकाटिप्पणी गरिएका छन्, मलाई हाँसोको पात्र बनाईएको छ । 
नेपाल आयडलको अडिसनबाट बाहिरिने नरेशसंगै ठुलो जमात छ । तर उनले गीत गाएको शैलीले उनलाई चर्चामा ल्याएको हो । उनीभन्दा धेरैंले राम्रो प्रस्तुती देखाए । तर, ती अहिले चर्चामा कम छन् । नरेशको प्रस्तुती भने धेरै चर्चामा छ । संगीत सिक्दै गायनमै लागेर लाग्ने उनको लक्ष्य छ । 

कमेन्ट लोड गर्नुस