भन्सालीको फिल्ममा सलमान र दीपिका सँगै
निर्देशक सञ्जयलीला भन्सालीको नयाँ फिल्म ‘इन्साअल्लाह’मा सलमान खानका साथमा दीपिका पादुकोणले अभिनय गर्न लागेको खबरले अहिले बलिउड तातेको छ ।
भन्साली र दीपिकाबीच गहिरो मित्रता छ । ‘पद्मावत’पछि कुनै फिल्म साइन नगरेकी दीपिका भन्सालीको फिल्ममा अभिनय गर्न भने आँखा चिम्लिएर राजी हुने गरेकी छिन् ।
सन् ००७ मा करिअर सुरु गरेकी दीपिकाले अहिलेसम्म सलमानसँग फिल्म नै खेलेकी छैनन् ।
यसअघि उनलाई सलमानसँग ‘किक’ र ‘सुल्तान’ फिल्म अफर गरिएको थियो । तर, उनले अस्वीकार गरेकी थिइन् ।
जसकारण सलमानसँग दीपीकाले फिल्म नगर्लिन् कि भन्ने थियो । तर, यसपालि भने दीपिका तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
इन्साअल्लाह प्रारम्भिक नाम हो । पछि परिवर्तन पनि हुन सक्ने बताइन्छ । सन् २०१९ मा सुटिङ सुरु गरिने फिल्म सन् २०२० मा रिलिज गर्ने योजना छ ।