सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्पणको ‘त्यही बानी सही लाग्यो’

२०७५ भदौ ४, १०:३५

 तीजको पूर्वसन्ध्यामा गायक अर्पणराज गिरीको तीज गीत सार्वजनिक भएको छ । 
विशेष गरेर लोकदोहोरीमा जमेका गायक गिरीले यसपटक गायिका शर्मिला कँडेलसँग मिलेर ‘त्यही बानी सही लाग्यो’ बोलको गीत ल्याएका हुन् ।
गीतका शब्द शर्मिला कँडेलकै हुन् भने लय तथा थेगो अर्पणराज गिरीको हो । 
गीतको म्युजिक भिडियोमा लोमस शर्मा र उषा खनालले अभिनय गरेका छन् । भिडियोको निर्देशन शिव विकले गरेका हुन् ।
गायक अर्पणराज गिरीले भने, ‘दर्शकबाट पाएको मायाकै कारण तिज गीत बजारमा ल्याएको हुँ । आशा छ, यो गीतलाई पनि दर्शकले पहिलेको गीतलाई झैँ माया गरिदिनुहुनेछ ।’

कमेन्ट लोड गर्नुस