सुदूर नेपाललाई विश्वसँग जोड्दै

विरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

। फोटो स्रोत ।
२०७७ मंसिर ७, ११:४५ रासस

चितवन : पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११औँ कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । 

पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । यो कृतिमा २५ वटा निबन्ध रहेका छन् । आठ वटा प्रभाव अर्थात् व्यक्तिकेन्द्रित छन् भने १७ वटा भावमा आधारित छन् ।  दुई  सय पृष्ठको निबन्ध सङ्ग्रहको मूल्य ३२५ रुपैयाँ रहेको छ ।

‘देब्रे आँखा’ नामक निबन्ध सङ्ग्रहबाट चर्चामा रहेका विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत पाँच दशकदेखि सक्रिय छन् । उनकोे पहिलो कृति विसं २०३५ मा ‘मुलाको बोक्रा’ बजारमा आएको थियो । विसं २०२८ बाट उहाँ पत्रकारिता क्षेत्रमा लागेका हुन् ।

यसअघि उनका निबन्ध ‘देब्रे आँखा’, उपन्यास ‘प्रेमदासको डायरी’, कविता ‘थालथालमा सपना’, ‘मङ्गली गुप्ताको पान’, ‘भित्ताको रङ’ जस्ता कृति चर्चामा छन् । यससँगै उनले ‘आधारभूत पत्रकारिता पाठ्यक्रम’ प्रकाशित गरेका छन् । स्नातकमा ‘भोकेशनल’ पाठ्यक्रममा यो पुस्तक प्रयोग हुने गरेको छ ।

पछिल्लो समय क्यान्सर रोगको उपचार गराउने क्रममा उनले लेखेकोे ‘सातौँ बादशाहको रातो कोट’ कविता सङ्ग्रह तयार भएको छ । यो कृति छिट्टै प्रकाशन गर्ने तयारीमा रहेको उनले जानकारी दिए । विरही नेपाली पत्रकारिता र साहित्यिक क्षेत्रका अग्रणी व्यक्तित्व हुन् ।

कमेन्ट लोड गर्नुस