डेउडा प्रतियोगितामा कालिकोट समूह प्रथम
धनगढीमा भएको गौरा महोत्सव सम्पन्न भएको छ । महोत्सवमा भएको डेउडा प्रतियोगितामा कालिकोट समूह प्रथम भएको छ भने कैलाली वहुमुखी क्याम्पसको छात्र दोश्रो र रानीफाटा समूह गौरीगंगा तेश्रो भएको छ । प्रथम, दितीय र तृतीयलाई क्रमस १२ हजार, ८ हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
समापन समारोहका प्रमुख अतिथि धनगढी उप–महलानगरपालिका मेयर नृप ओड रहेका थिए । तीन दिनसम्म चलेको महोत्सवमा डेउडा गायक, गायिका र साहित्यकारहरुको पनि प्रसुति रहेको आयोजक लोक तथा दोहरी गीत प्रतिष्ठान प्रदेश नम्वर ७ का संयोजक सुरत रावत डोटेली कान्छाले जानकारी दिए ।