सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डोल जात्राको उल्लास

२०७५ भदौ १८, ०७:२३

कृष्ण जन्माष्टमीका अवसरमा धनगढीमा डोल जात्रा निकालिएको छ । बिगतका बर्षमाझै जन्माष्टमीको दोश्रो दिन डोल जात्रा निकाल्ने परम्परालाई यस वर्ष पनि धनगढीमा निरन्तरता दिइएको हो । धनगढीको नैनादेवी मन्दिर, राधाकृष्ण मन्दिर, राम जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, बन्देवी मन्दिर, शिवपुरी धाम लगायत दर्जनौ मन्दिरबाट बिभिन्न झाँकी सहित निस्किएका डोला जात्रा हेर्न धनगढीमा भक्तजनहरुको निकै घुइचो लागेको थियो ।

शिवपुरी धाममा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाँजागाँजा सहित निस्केको जात्रा नगर परिक्रमा गर्दै फेरी शिवपुरी धाममा ल्याईएको थियो । कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्धापर युगमा भगवान बिष्णुको नवौ अवतारका रुपमा कृष्ण भगवान जन्मको खुशीमा सदियौदेखि डोलजात्रा निकाल्ने गरिएको छ । डोल जात्रालाई पनि हिन्दू धर्मावलम्वीहरुले कृष्ण जन्माष्टमी जत्तिकै धुमधामसँग मनाउछन् ।

फोटो : श्रेष्ठ प्रिया पत्थरको फेसवुकबाट

कमेन्ट लोड गर्नुस