सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रभासको ‘राधे श्याम’को टिजर सार्वजनिक

२०७७ फाल्गुन २, ०५:५७ खबर संवाददाता

धनगढी: साउथ स्टार प्रभासको बहुप्रतिक्षित फिल्म  ‘राधे श्याम’को टिजर सार्वजनिक  भएको छ। भ्यालेन्टाइन डेको अवसर पारेर  ‘राधे श्याम’को टिजर सार्वजनिक भएको हो।

यससँगै चलचित्रको रिलिज मिति पनि सार्वजनिक गरिएको छ। आगामी जुलाई ३० मा चलचित्र प्रदर्शनमा आउने छ।

टिजर सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ।

चलचित्रको निर्देशन राधाकृष्ण कुमारले गरेका हुन्। चलचित्रमा प्रभासका साथै पुजा हेगडे, सचिन खेडकर, प्रियदर्शी, भाग्यश्री, मुरली शर्मा लगायतको अभिनय रहनेछ।

कमेन्ट लोड गर्नुस