फेसबुकमा ‘सुसाइड नोट’ लेख्दै सुशान्तसँग काम गरेका अभिनेताले गरे आत्महत्या
काठमाडौं: भारतीय अभिनेता सन्दीप नाहरले फेसबुकमा सुसाइन नाेट लेख्दै आत्महत्या गरेका छन्।
अक्षय कुमारको केसरी, एमएस धोनी बायोपिक लगायतमा अभिनय गरेका नाहरले फेसबुकमा सोमबार लामो स्ट्याटस र भिडियो पोस्ट गरेको केही घण्टापछि आत्महत्या गरेका हुन्।
उनले फेसबुकमा १० मिनेटको भिडियो पोष्ट गरेका छन् जसमा उनले पारिवारिस समस्या र वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा बताएका छन् । भिडियोमा उनले भनेका छन्, ‘अवस्था यति खराब भइसकेको छ कि म सहन गर्न सकिरहेको छैन ।’