सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस्त्र लगाएर जन्म लेऊ है छोरी

२०७५ असोज २, १२:३९

तिमिले मेरो काखमा

 दूध चुस्दै गर्दा

 मेरा

 दूधका मुन्टा देखेर

 र्याल चुहाउँदै गरेका

 केही हुल ,जंगली ब्वासाहरु

 तमाम देखेकी छु छोरी मैले

छोरी तिमी बामे सर्दा पनि

होस पुर्याऊ है नानी

तिमिले लगाएको लुगा

 सर्केर माथि पुग्न सक्छ

 तिम्रा तिघ्रा देखिन सक्छन्

 तिम्रो लाज देखिन सक्छ

 अझ,

 तिम्रा नटुसाएका स्तन देखिन सक्छन्

 छोरी तिमीले खेल्दा पनि

ती खेलौनाहरु सङ्ग

होशियार भएर खेल है सानि

 तिर्म्रो अबिसित अङ्ग च्यात्तिन सक्छ

 तिम्रो लुगामा चरित्र खोज्नेहरु

 थुप्रै छन यहाँ

 निर्बस्त्र गिद्दे नजरहरु,

तिमीले दूध चुस्दै गर्दा

लुटिनुलाई पनि

 तिम्रो बस्त्रलाई अपराधी ठहर्याइ

 तिमिलाई चरित्रहिनको उपाधि दिएर

 ब्वासाहरु बिरुद्ध उठेको तिम्रो

आवाजलाई दबाएर

तिमिलाई चार दिवारभित्र कैद गरेर

 न्याय दिलाउने

 न्यायाधीशहरुको

ठूलो जमात छ यहाँ

 

जे परे पर्ला

 प्रकृतिको नियम नै तोड बरु

 बिन्ती छ अब जन्मिदा

मेरो पेटबाटै

बस्त्र लगाएर जन्म लेऊ है छोरी

 तिमिलाई नाङ्गै जन्मेको देख्दा

उत्तेजित हुन सक्छन्

काम वासनाका पुजारीहरु

कमेन्ट लोड गर्नुस