सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रवि ओडको स्वागत र्‍याली (फोटो फिचर)

२०७५ असोज २८, ०४:५५ खबर संवाददाता

सांगीतिक रियालिटी शो नेपाल आईडलको उत्कृष्ट ९ मा पुग्न सफल कञ्चनपुरका रवि ओडका लागि धनगढीमा स्वागत र्‍याली निकालिएको छ। 

धनगढी उप महानगपालीका मेयर नृप वहादुर वड सहितको उपस्थितिमा रवि ओडको स्वागत र्‍याली निकालिएको हो। नेपाल आईडलमा ओडलाई जिताउन आह्वान गर्दै नगर परिक्रमा पनि गरिएको छ। 


यसअघि शनिवार ओडको धनगढी विमानस्थलमा पनि स्वागत गरिएको थियो।

अडिसनको सुरुवातदेखि नै अब्बल प्रस्तुती दिईरहेका रवि उत्कृष्ट ९ मा परेपछि ६ दिनका लागि सुदूरपश्चिम आएका हुन्।

ओडले आज नै धनगढीमा जारी दशैँ मेलामा प्रस्तुती राख्ने कार्यक्रम पनि रहेको छ। 

 

कमेन्ट लोड गर्नुस