थुम्केली सम्मानित
स्थानेश्वर राष्ट्रिय प्रतिभा पुरस्कारबाट कलाकार तथा कला पत्रकार देवेन्द्र थुम्केली सम्मानित भएका छन। स्याङ्जामा आयोजित कार्यक्रममा उहाँलगायत साहित्यमा सेवा गरेवापत देवेन्द्र लम्साल र सूर्यप्रसाद डुम्रे पनि सम्मानित भएका छन। दुई दशकदेखि विभिन्न राष्ट्रिय पत्रिकामा कला पत्रकारका साथै व्यङ्ग्यचित्रकारका रुपमा सक्रिय थुम्केलीलाई रु ११ हजार १ सय ११ सहित सम्मान गरिएको हो। ललितकला पत्रकार समाजका महासचिव थुम्केली कार्टुनिष्ट क्लबका पनि महासचिव छन। त्यस्तै भेषविन्दु साहित्य पुरस्कार रु पाँच हजार ५ सय ५५ सहित साहित्यकार लम्साललाई बुधबार प्रदान गरियो। उहाँ ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हुन। लम्सालका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन। यस्तै भेषराज सम्मान प्राप्त डुम्रेका ‘दुई थोपा आँशु’, ‘दशँै गयो रोएरै’, ‘कालीगङ्गाको तीरैतिर’ जस्ता कृति प्रकाशित छन। गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले स्रष्टाहरुलाई पुरस्कार र सम्मान वितरण गरेका थिए।
रासस