सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अस्पतालद्धारा टेलिमेडसिन सेवा

२०७५ मंसिर ७, ०६:२४

धनगढीमा रहेको कैलाली अस्पतालले टेलिमेडसिन सेवा सुरु गरेको छ । नेपाल मेडिसिटी अस्पताल काठमाडौको सहकार्यमा कैलाली अस्पतालले आजदेखि  टेलिमेडिसिन सेवा सुरु गरेको हो । सुदुरपश्चिम प्रदेशमा अत्याधुनिक चिकित्सा सेवा नभएकोले टेलिमेडिसिन सेवा कोषे ढुंगा सावित हुने कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले जानकारी दिए । 


हाल यस क्षेत्रमा न्युरो, मुटुरोग जस्ता सेवा नभएको अवस्थामा नेपाल मेडिसिटी अस्पताल काठमाडौको विशेष पहलमा सुरु गरिएको सेवा बरिष्ठ चिकित्सकहरुले दिनेछन । आज कैलाली अस्पतालमा न्युरो सम्बन्धी समस्या भएकी धनगढी उपनगरपालिका १ की कमला जोशीलाई नेपाल मेडिसिटी अस्पताल काठमाडौका बरिष्ठ न्युरोलोजिष्ट डाक्टर बाबुराम पोखरेलले सेवा दिएर शुभारम्भ गरे । टेलिमेडीसिन सेवाका लागि कैलाली अस्पतालका डाक्टर कुमार बिष्ट र प्राविधिक सहायकमा निरज कार्यरत रहेका छन ।
कमेन्ट लोड गर्नुस