सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा शिक्षक भर्नाको परीक्षा दुईपटक स्थगित, आवेदक मर्कामा

२०७८ असोज १३, ०४:०६ खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलौरीमा रहेको शान्ति माध्यमिक विद्यालयको शिक्षक भर्नाका लागि निर्धारण गरिएको परीक्षा दोस्रो पटक स्थगित भएको छ। उक्त विद्यालयमा मावि तृतीय राहत नेपाली विषयको रिक्त अनुदान कोटामा करार शिक्षक एकजनाको पदपूर्तिका लागि गत भदौ २१ गतेसम्म दरखास्त आह्वान गरिएको थियो।

त्यसपछि असोज १ गते परीक्षा सञ्चालन गर्ने तयारी गरिए पनि प्राविधिक कारण देखाई परीक्षा स्थगित गरिएको बताइएको छ। यस्तै दोस्रोपटक असोज ११ गते परीक्षा निर्धारण गरियो। तर, सबै तयारी पूरा भइसकेको अवस्थामा फेरि परीक्षा कार्यक्रम स्थगन गरिएको छ। असोज १० मा बेलौरी नगरपालिकाले परिपत्र गरेपछि परीक्षा स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले बताए। 

परीक्षा एकाएक दुईपटक स्थगित गरिएपछि आवेदकहरू मर्कामा परेका छन्। 

कमेन्ट लोड गर्नुस