कन्चनपुरमा भूमि अधिकारका लागि छलफल तथा र्याली
कन्चनपुरः कन्चनपुरमा राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल र आत्मनिर्भर केन्द्रले विश्व अहिंसात्मक दिवसको अवसरमा एक कार्यक्रम गरेको छ। शनिबार जिल्लाको कृष्णपुर नगरपालिकामा भूमि अधिकारका लागि छलफल तथा र्याली कार्यक्रम गरिएको हो।
नगरपालिकाको कार्यालय परिसरमा उक्त कार्यक्रम गरिएको हो। जसमा नगरवासी लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो। कार्यक्रममा भूमि अधिकारको वकालत गर्ने र समस्याहरु समाधानका लागि लागनुपर्ने बताईएको थियो।