कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मातहत ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो।
कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर ६ ङ गाउँमा से ७ प ६३२१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १९ का हेमन्त भट्ट र सोहि ठाउँका भिम साउद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुको साथबाट निट्राभेट-१० लेखेको ३०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।