कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद
कञ्चनपुर: कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट थापाचोक र बयलबन्दाबाट खटीएको सीमा गस्ती टोलीले सामान बरामद गरेको हो।
अवैध रुपमा चोरी निकासी गरी ल्याउदै गरेको बेवारिसे अवस्थामा रहेको अन्दाजी ९७ हजार ३०० बराबरका प्लाष्टिक समान, खाद्य बस्तु, किराना समान, श्रङ्गार समान, चप्पल, जुत्ता, हार्डबेयर समान, प्रतिबन्धित अण्डा, प्रतिबन्धित पेय पदार्थ लागयतका समानहरु बरामद गरीएको गणले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र पेय पदार्थ र अण्डा नष्ट गरिएको गणले बताएको छ।