सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविको पार्टीले भन्योः भातृ सङ्गठन बनाउँदैनौँ, अवकाशपछि सुविधा लिँदैनौँ

२०७९ असार २७, ०३:५९ खबर संवाददाता

काठमाडौँः पूर्वसञ्चारकर्मी रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले चिनारी पुस्तिका सार्वजनिक गरेको छ। पुस्तिकामा रास्वपाले हामी के गर्दैनौँ ? शिर्षकमा १३ बुँदामा आफ्नो मुख्य कुराहरू उल्लेख गरेको छ। संवैधानिक समाजवाद आफ्नो राजनीतिक सिद्धान्त भएको बताएको रास्वपाले भातृ सङ्गठन नबनाउने, अवकाशपछि राज्यबाट कुनै सेवासुविधा नलिनेलगायत उल्लेख गरेको छ।

पार्टीले राइट टू रिजेक्ट, राइट टु रिकललगायतका व्यवस्था गरेको जानकारी पुस्तिकामार्फत दिइएको छ।

कमेन्ट लोड गर्नुस