आज उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै
काठमाण्डौँः प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ। निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ।
बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ। मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।
मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ। तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ।