सुदूर नेपाललाई विश्वसँग जोड्दै

यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य: विष्णु पौडेल

२०७९ असार ३०, ११:०० खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका छन्। 

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले लेखेका छन्  ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा ९शालिक० निर्माण गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

महानगरपालिकाले यमबुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो। आलोचना पछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट शालिक बनाउने घोषणा गरेका थिए। 

कमेन्ट लोड गर्नुस