एमालेबाट उपसभामुखमा भट्टराई उम्मेदवार
२०७९ असार ३०, ०१:०३
काठमाडौंः नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ। भोलि उपसभामुखको निर्वाचन हुँदैछ। आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।
एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिए।
कमेन्ट लोड गर्नुस