जसपाले गर्यो बाबुराम भट्टराईसहित ९ जनालाई पदमुक्त
पर्साः जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ जना नेतालाई पदमुक्त गरेको छ।
वीरगञ्जमा बसेको बैठकले भट्टराईसहित कार्यकारिणी समितिका नौ जना नेतालाई पदमुक्त गरेको हो।
बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शोव, दानबहादुर चौधरी, प्रशान्त सिंह, महिन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला यमीलाई पदमुक्त गरेको हो।
यस्तै बैठकले सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ।