सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड भारतमा 

२०७९ असार ३१, ०५:५६ खबर संवाददाता

धनगढी: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत पुगेका छन्। उनलाई विमानस्थलमा  भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेका हुन्। भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी भारत गएका हुन्। 

तीन दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशङ्कर, विदेशसचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डनलगायतसँग भेटवार्ता गर्ने तयारी छ। भाजपा अध्यक्ष नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ।


 

कमेन्ट लोड गर्नुस