सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् नः देउवा

२०७९ असार ३२, ०९:१५ खबर संवाददाता

काठमाडौंः नेपाली काँग्रेसका महामन्त्री गगन थापाले थापाले देउवामाथि लगातार आलोचना गरेपछि   सभापति शेरवहादुर देउवाले ‘महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न’ भन्ने जवाफ छन्। ‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो। त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस्,’ देउवाले भनेका थिए ।

महामन्त्री थापाले पार्टी सञ्चालन प्रक्रियामा आपत्ति जनाउँदै निर्वाचित महामन्त्रीको भूमिका सभापति र उपसभापतिले गरेका निर्णयमा ताली बजाउँनेमात्र नभएको बताएका थिए। उनले कांग्रेसमा एक्लै लडेर चुनाव जितिन्छ भन्ने आत्मविश्वास गुम्दै गएकोमासमेत टिप्पणी गपरेका थिए।

उनले भने, अहिले ३ सय भन्दा धेरै जित्यौ भनेर दम्भ प्रकट भएको छ। त्यो नराखेको राम्रो। ठूला सहरमा धक्का लागेको छ । लघुताभाषका साथ हामी एक्लै लड्न सकिन्छ? ०६८ सालमा सुशील कोइरालालाई राजिनामा बुझाएर शेरबहादुर देउवा हिँड्दा आफूहरुले फकाएको भन्दै थापाले आज एजेण्डामा आफूहरुले छलफल गर्दा खेद्ने काम भएको बताएका थिए।
 

कमेन्ट लोड गर्नुस