प्रचण्ड गोरखा २ बाट चुनाव लड्ने
काठमाडौंः नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन्।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो।
पहिलो संविधानसभामा रोल्पा र काठमाडौं १० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ र काठमाडौं–१० मा उठेका थिए। काठमाडौं १० मा हारेका उनी सिराहामा मुस्किलले जितेका थिए। प्रचण्ड २०७४ मा चितवन ३ बाट निर्वाचित भएका थिए। यो पटक पनि उनी चितवनबाट उठ्न चाहानामा थिए।
तर सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएपछि उनी गोरखाबाट चुनाव लड्ने भएका हुन्।