कैलाली–५ सहित तीन निर्वाचन क्षेत्र काँग्रेसलाई, समाजवादीले प्रदेशमा चित्त बुझायो
धनगढीः सत्ता गठबन्धनमा रहका दलहरुले पनि प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवार टुंगो लगाएका छन्। कैलालीमा निर्वाचन क्षेत्र नम्बर ५ सहित नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्यका लागि तीन क्षेत्र पाएको छ। नेपाली काँग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर १, ४ र ५ पाएको हो।
जिल्लाका पाँच निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले २ निर्वाचन क्षेत्र पाएको छ। माओवादी केन्द्रले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ र ३ पाएको हो। नेकपा एकिकृत समाजवादी पार्टीले भने, प्रदेश सभा सदस्यमा चित्त बुझाएको छ। एकिकृत समाजवादी पार्टीले कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को २ र ४ को २ पाएको हो।
प्रदेश सभा सदस्यका लागि १० निर्वाचन क्षेत्र रहेको कैलालीमा नेपाली काँग्रेसले पाँच निर्वाचन क्षेत्र राखेको छ। कैलालीको निर्वाचन क्षेत्र १ को प्रदेश सभाका दुबै क्षेत्र, निर्वाचन क्षेत्र नम्बर २ को १, निर्वाचन क्षेत्र नम्बर ३ को १ र निर्वाचन क्षेत्र नम्बर ५ को २ नेपाली काँग्रेसले राखेको हो।
माओवादी केन्द्रका लागि तीन निर्वाचन क्षेत्र छोडिएको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को २, निर्वाचन क्षेत्र ४ को २ र निर्वाचन क्षेत्र ५ को १ माओवादी केन्द्रका लागि छोडिएको हो। आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि दलहरुले उम्मेदरा टुंगो लगाएका हुन्। निर्वाचन आयोगले आइतबार मनोनयन दर्ताको मिति तोकेको छ।