सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुनावले नेपाल कता जाने भन्ने कुराको फैसला गर्छ: देउवा

२०७९ कार्तिक २५, ०७:५१ खबर संवाददाता

काठमाण्डौँः प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन्।  

वाम लोकतान्त्रिक गठबन्धन काठमाण्डौँ क्षेत्र नम्बर १० ले आज शुक्रवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताए। उनले भने, ‘यो देशले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ। संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ। यो संविधान समावेशी छ।’ 

प्रधानमन्त्री देउवाले जथाभाबी तरिकाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको उल्लेख गरे।

कमेन्ट लोड गर्नुस