गायक ‘डोटेली कान्छा’ सम्मानित
धनगढीः गायक सुरत रावत (डोटेली कान्छा) सम्मानित भएका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा रहेको जेबि एकेडेमीले गायक डोटेली कान्छालाई सम्मान गरेको हो। एकेडेमीको १३ औ वार्षिकोत्सवको अवसरमा लोक गायक रावत सम्मानित भएका हुन्।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले डोटेली कान्छालाई सम्मान गरेका छन्। सुदूरपश्चिमको भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा काम गरेको भन्दै उनलाई सम्मान गरिएको विद्यालयका संस्थापक जगदिश सेठ्ठीले बताए। गायक रावतसहित विभिन्न व्यक्तिलाई विद्यालयले सम्मान गरेको हो।