सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेउडा प्रतिष्ठान अछामको संयोजकमा कार्की 

२०७९ फाल्गुन ९, ०६:५८

धनगढीः डेउडा प्रतिष्ठान अछाम जिल्ला तदर्थ समितिको संयोजकमा लोक डेउडा गायक जनक कार्की चयन भएका छन।

अछाम जिल्ला स्थित कलाकारहरुको भेलाले अछाम जिल्ला संयोजकमा कार्कीलाई चयन गरिएको हो। भेलाले सह संयोजकमा लोक डेउडा गायक गोविन्द विष्ट र सचिवमा वीरेन्द्रबहादुर कुवँरलाई चयन गरेको छ।

डेउडा प्रतिष्ठान अछाम जिल्ला तदर्थ समितिको सदस्यहरुमा धर्मबहादुर साउँद, तुलसी थापा, भोजराज भाट, ललित रैगाई, मिलन नेपाली र रामबहादुर थापालाई चयन गरिएको सदस्य भोजराज भाटले बताए। तदर्थ समितिले ६ महिना भित्र साधारणसभा गरि समितीले पुर्णता पाउने भाटले बताए।
 

कमेन्ट लोड गर्नुस