‘मुन्द्रेको कमेडी क्लब’ चैतको पहिलो साताभित्रै प्रसारणमा आउने
काठमाडौँः हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेबाट प्रसारणमा आउने भएको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जितु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतबाट कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने जानकारी गराएका हुन। जितुको शोको यो नयाँ सिजनमा अध्यक्ष नायिका प्रियङ्का कार्की रहनेछिन्। यस्तै कलाकारमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहनेछन्।
सुमन गिरी संयोजक रहने शोको निर्देशक दिनेश डिसी रहेका छन्।