सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ’प्रेम बुक’ को ट्रेलर सार्वजनिक

२०७९ फाल्गुन १६, ०७:४३ खबर संवाददाता

काठमाडौँः नेपाली चलचित्र ‘प्रेम बुक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

गत शनिबार चन्द्रनिगाहपुर स्थित एक होटलमा औपचारिक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको १ मिनेट ३३ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ। भरत रौनियारको निर्माण तथा ज्ञान कुमार कट्टेलको निर्देशन रहेको चलचित्र युवा पुस्ता लक्षित प्रेम कथामा बनेको हो।

यसै चलचित्रबाट डेब्यु गरेका भरत रौनियार, दीपिका थापा, मनिषा सापकोटा, रेशम जीएस, सब्नम चौधरी, लक्ष्मण बस्नेत,मनिषा खाती लगायतका कलाकार शीर्ष भूमिकामा छन्। त्यस्तै अजय चौधरी, दीपक अधिकारी, दीपा निरौला, गगन बहादुर,कमला ठकुरी लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ।

चलचित्रको कथा तथा संवाद भरत रौनियारले लेखेका छन्। ‘प्रेम बुक सन् २०१८ देखि नै निर्माणको सुरुवात भएको र प्रदर्शनको लागि तोकेको थियो। तर, कोरोना महामारीका कारण यो चलचित्र समयमा नै प्रदर्शन हुन सकेको थिएन। मिक्स दिया एण्ड शुभ फिल्मस्को ब्यानरमा बनेको “प्रेम बुक” प्रेमकथा, द्वन्द, संगीत र कमेडीले समेत भरिपुर्ण रहेको निर्माण पक्षको दाबी छ।

कमेन्ट लोड गर्नुस