सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षा पन्त र मानव सुवेदी बैवाहिक सम्बन्धमा बाँधिदै  

२०७९ फाल्गुन २४, ०४:५३ खबर संवाददाता

काठमाडौंः अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ।

फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्,‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला।’बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन्।

तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन्। भोलि दुई जनाबीच भरतपुरमा वैवाहिक कार्यक्रम हुँदैछ। विवाहको ठाउँलाई गोप्य राखिएको छ भने विवाह समारोहमा भाग लिन आफन्त र परिवारजन चितवन जाँदैछन्।

६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् ।
 

कमेन्ट लोड गर्नुस