सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

२०७९ चैत्र २७, ०७:२७ खबर संवाददाता

काठमाडौंः उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज गरेको छ।

गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा सोमवार भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ। यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ।

गत चैत २१ गते व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिना अनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेपछि गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोकिएको थियो।
 

कमेन्ट लोड गर्नुस